Logo

रेशम चौधरी भेट्न डिल्लीबजार कारागारमा मन्त्री श्रेष्ठ



काठमाडौं, ३ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेकी छन् । सरकारको नीति तथा कार्यक्रमकाबारेमा छलफलका लागि बोलाइएको १० दलीय सत्ता गठबन्धनको बैठक छाडेर उनी डिल्लीबजारतिर लागेकी हुन् ।

टीकापुर घटनामा सर्वोच्च अदालतले रेशमलाई जन्मकैदको फैसला सदर गरेसँगै उनले रेशमलाई भेट्न लागेकी ह्ुन् । सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले उनको जन्मकैदको फैसला सदर गरेको थियो ।

जन्मकैदको फैसला सदरका सम्बन्धमा नउपाले आज पत्रकार सम्मेलनसमेत गर्दै छ । आज दिउँसो १ बजे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको तयारी रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्