Logo

नक्कली शरणार्थी प्रकरणमा ठूला-ठूला माछा जोगाउने प्रयत्न भइराखेको छः नेता खनाल



काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी काण्ड राष्ट्रघाति र देशद्रोही भएको बताएका छन् ।
आज (बुधबार) मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त काण्ड देशद्रोही भएकाले सही ढंगले निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका हुन् ।

‘देश भ्रष्चाचारले आक्रान्त भएको छ । नक्कली भुटानी शरणार्थी काण्ड सतहमा आएको छ । यो अत्यन्त लज्जास्पद छ । यो राष्ट्रघाती काण्ड हो । यो देशद्रोही काण्ड हो । मानव बेचविखानसँग सम्बन्धित काण्ड हो । अन्यन्त ठूलो अपराध हो । यो काण्डलाई सही ढंगले टुंगोमा पुर्याइन्छ कि पुर्याईदैन ? आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) देशव्यापीरुपमा चिन्ताका साथ हेरिरहेको छ । यो कुरालाई ठीक ढंगले टुंगोमा पुर्याउन पर्छ,’– उनले भने ।

नक्कली शरणार्थी प्रकरण्मा ठूला–ठूला माछा बल्छीमा पर्ने थालेपछि तिनीहरुलाई जोगाउने प्रयत्न भइरहेकोसमेत उनले आरोप लगाएका छन् । यस प्रकरणमा तलमाथि भएको खण्डमा आफ्नो पार्टीले सहेर नबस्ने उनको चेतावनी छ ।

‘यो अनुसन्धनको क्रममा देशका ठूल्ठूलै माछाहरु बल्छीमा पर्न थालेका छन् । ती माछाहरुलाई जोगाउने प्रयत्नहरु पनि चल्दै छ । हामी के कुरामा खबरदारी गर्न चाहन्छौं सरकारलाई भने, यो भ्रष्टाचारको काण्डलाई अन्तिमसम्म पुर्याइयोस् । यसमा कुनै पनि प्रकरको तलमाथि गर्ने काम भयो भने हाम्रो पार्टीले सहन गर्ने छैन,’– नेता खनालले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्