Logo

शरणार्थी प्रकरणमा गगनको गनगन, ‘पार्टीभित्र निलम्बनको परम्परा छैन भनिरहेका छन्, यसलाई तोड्ने हो’



काठमाडौं, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रैका नेतामाथि आरोप लागेपछि निलम्बनु गर्नुपर्ने तर्क गरिरहेका छन्।

कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकुष्ण खाँण सो प्रकरणमा पक्राउपरेपछि उनका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मालेपनि आरोप लागेकोले प्रहरीले पक्राउ गरीसकेको हुँदा पार्टीले नै उनलाई निलम्बित गर्नुपर्ने तर्क गरिरहेका छन्।

यस्तै, तर्क उनले बिहीबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै पुन: दोहर्याए।

उनले कुनै पनि आरोप लागेपछि निलम्बन गरिनुपर्ने बताउँदै भने, ‘शरणार्थी प्रकरणजस्ता विभिन्न प्रकरण आइरहेका छन्। हाम्रो पार्टीका नेता पनि मुछिएका छन्। निलम्बन गर्ने कि नगर्ने बहस चलिरहेको छ। आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो। यो प्रकरणमा अनुसन्धान जरैसम्म पुग्नुपर्छ। जो-जो मुछिन्छ, उसलाई कारबाही गर्नुपर्छ।’

केही साथीहरूले हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा नै छैन भनिरहेका बताउँदै उनले भने परम्पराका नाममा किन गलत कुरा बोकिरहने भन्दै यसलाई तोड्नुपर्ने बताए।

पार्टी भ्रष्ट नहुने पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने उनले बताए।



प्रतिक्रिया दिनुहोस्