Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी



काठमाडौं, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीले तीन दिनभित्र आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नउपाका नेता लक्ष्मण थारुले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरिएको खण्डमा सरकारको समर्थन फिर्ता लिने बताएका हुन् ।

‘तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको सहभागिता बारे सोच्न बाध्य हुनेछौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्