काठमाडौं,३ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने गिरोहलाई हिरासतमा भेटेपछि प्रहरी हिरासतमा पुगेका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद आङटावा शेर्पाको बयान आज हुने भएको छ ।
शरणार्थी प्रकरणमा हिरासतमा रहेका सानु भण्डारीलाई भेटेपछि उनीविरुद्ध पक्राउपूर्जी जारी भएको थियो ।
पक्राउपूर्जी जारी भएपछि गत सोमबार प्रहरीमा आत्मासर्मपण गरेका शेर्पालाई प्रहरीले हिजो अदालतबाट थप अनुसन्धानको लागि दुईदिनको म्याद थप गरेको छ।
शेर्पा कांग्रेसको तर्फबाट २०७० को दास्रो संविधानसभा सदस्य निर्वाचनमा रामेछाप १ बाट सभासद्मा निर्वाचित भएका थिए ।
नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खांण तथा एमाले नेता टोपबहादुर रायमाझी लगाएत १३ जना प्रहरी हिरासतमा रहेका छन् भने केही अझै फरार रहेका छन् ।