Logo

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने



काठमाडौं, ३ जेठ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले नै प्रस्तुत गर्ने भएका छन्।

सरकारले जेठ ५ गते ल्याउँदै गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पढ्ने राष्ट्रपतिको कार्यालयले संसद् सचिवालयलाई पत्र पठाएको छ।

यसअघि राष्ट्रपति पौडेल अस्वस्थ रहेको सरकारको नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने विषय टुङ्गिएको थिएन।

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते सदनमा प्रस्तुत गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सहमति भइसकेको छ।

समान्यतया सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले वाचन गरेर प्रस्तुत गर्ने चलन रहेको छ।



प्रतिक्रिया दिनुहोस्