Logo

शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिने कुरा हुन सक्दैन : गृहमन्त्री श्रेष्ठ



काठमाडौं, ३ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकालाई छुट हुन नसक्ने बताएका छन्।

बुधबार सिंहदरबरमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सो प्रकरणमा संलग्न रहेका कसैलाई छुट नहुने बताएका हुन्।

उनले भने, ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गर्न सकेनौँ भने समृद्धिको नारा पूरा हुँदैन। भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ। आफ्नो देशको नागरिक अनागरिक बनाइ विदेशमा पठाइ पैसा संकलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढायो यसलाई छुट दिनेकुरा हुन सक्दैन।’



प्रतिक्रिया दिनुहोस्