Logo

बेरोजगार युवालाई मासिक भत्ता दिन माओवादी नेताहरुको माग



काठमाडौं, ३ जेठ । नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य रामकुमार शर्मा र केन्द्रीय सदस्य ईन्दु शर्माले स्नातक तह अध्ययन पूरा गरेका पूर्ण बेरोजगार युवालाई भत्ता उपलब्ध गराउन सरकारको ध्यानाकार्षण गराएका छन् ।

आज (बुधबार) पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १८ बुँदे ज्ञापन पत्र बुझाउँदै उनीहरुले उक्त माग गरेका हुन् । ‘स्नातक तह उत्तीर्ण गरी पूर्ण बेरोजगार रहेका युवालाई कम्तीमा मासिक १५ हजार रकम प्रदान गरियोस्,’– ज्ञापन पत्रमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्