Logo

नागरिक उन्मुक्तिले भन्यो ‘रेशम चौधरी हत्यारा भेटिए ऐन बनाएर फाँसी देउ’



काठमाडौं, ३ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संरक्षक रहेका रेशम चौधरी हत्यारा भेटिए ऐन बनाएर फाँसी दिन सरकारसमक्ष आग्रह गरेको छ ।
आज (बुधबार) रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको विज्ञप्तिमा नाउपाले उक्त आग्रह गरेको हो ।

‘यदि रेशमलाल चौधरीलगायतका राजवन्दी हत्यारा हुनभने फाँसी दिने ऐन बनाएर रेशमलाल चौधरीलाई फाँसी दिए हुन्छ,’– विज्ञप्तिमा भनिएको छ ।

साथै नाउपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसमक्ष आग्रह गरेको छ । नाउपाले सरकारलाई तीन दिनको अल्टिमेटम दिँदै निर्धारित समयमा माग पूरा नभए चरणबद्ध आन्दोलनमा जानेसमेत चेतावनी दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्