काठमाडौं,३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा उम्मेद्वार बन्न प्राइमरी इलेक्सनबाट चुनिनुपर्ने भएको छ ।
राप्रपाको तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार अबदेखि हुने प्रदेश र संघीय निर्वाचनमा उम्मेद्वार छनोट गर्दा ५० प्रतिशत उम्मेद्वार प्राइमरी इलेक्सन बाट निर्वाचित गर्नुपर्ने व्यवस्था गरिएको राप्रपाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगामी पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्व गर्ने तहमा पुरर्याउने उद्धघोष गरेको राप्रपाले नविन अवधारणा सार्वजनिक गरेको छ ।
यस्तो छ राप्रपा केन्द्रीय समितिका अन्य निर्णयहरु