Logo

संसद बैठक बस्दै: क-कसले सोध्दैछन् प्रधानमन्त्रीलाई प्रश्न ?



काठमाडौं,४जेठ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुँदैछ ।
सांसदहरुले देशको समसामयिक घटनासँग आधारित रहेर विबिध विषयमा प्रश्न गर्न पाउनेछन् ।

आजको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न २० सांसदहरुले आफ्नो नाम टिपाएका छन् ।
प्रतिनिधिसभा नियमावलिको परिच्छेद ९ नियम ५६ (५)मा भएको व्यवस्था बमोजिम आजको बैठकमा प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न् सोध्न पाउँनेछन् ।

१५ जना सांसदमध्ये सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ३\३जनाले सांसदले प्रश्न गर्न पाउने छन्। अहिलेसम्म सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नागरिक उन्मुक्ति पार्टी  र जनमत पार्टीका  १\१ जना सांसदले प्रश्न गर्नेछन्।

कांग्रेसबाट ईश्वरी न्यौपाने, दिलेन्द्र बडु, रामहरि खतिवडा, दीपक गिरीले नाम टिपाएका छन् ।

एमालेबाट प्रमुख सचेतक पदम गिरी,सांसदद्धय विद्या भट्टराई र रघुजी पन्तले नाम टिपाएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट पूर्णबहादुर घर्ती,रास्वपाबाट शिशिर खनाल,जसपाका दीपक कार्की,लोसपाबाट सर्वेन्द्रनाथ सुक्ला , नेकपा एसबाट मेटमणि चौधरी,जनमत पार्टीकी अनिता देवी ,नागरिक उन्मुक्तिका गंगाराम थारु लगायतले नाम टिपाएको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्