Logo

एमाले नेता ज्ञावलीको खाँणलक्षित टिप्पणी, ‘कांग्रेसले भ्रष्टाचारीलाई संरक्षण गरिराखेको छ’



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता प्रदीप ज्ञावलीले नेपाली कांग्रेसले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको टिप्पणी गरेका छन् । आज (बिहिबार) प्रेस चौतारी नेपाल, कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता ज्ञावलीले आफूहरुले छानविनका लागि सजिलो होस् भनेर टोपबहादुर रायमाझीलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेपनि कांग्रेसले अहिलेसम्म त्यसो नगरेको बताएका हुन् ।

‘हाम्रो हिजोसम्म सचिव रहनु भएको साथी यसमा जोडिनु भयो । उहाँ दोषी हो कि निर्दोष हो भोलि छानविनले बताउला । तर, छानविन गर्न सजिलो होस् भन्नका निम्ति हामीले उहाँलाई निलम्बन गर्यौं । अब अर्को पार्टी (कांग्रेस) ले संरक्षण गरिराखेको छ । तपाईले देखिरहनु भएको छ,’– उनले भने ।

उक्त प्रकरणमा जुन हदसम्म प्रमाण भेटिन्छ त्यसका आधारमा कारबाही गर्नु पर्ने उनको माग छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको नेतृत्वमाथि भ्रामक प्रचार गर्ने कोशिस भइरहेको भन्दै उनले आपत्तिसमेत जनाए ।



प्रतिक्रिया दिनुहोस्