Logo

भ्रष्टचारको विरोधमा राप्रपाले जनप्रदर्शन गर्दै



काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टचार वेथिती र नक्कली शरणार्थी प्रकरणको विरोधमा जनप्रदर्शन गर्ने भएको छ ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार आज दिउँसो १ बजे काठमाडौंको बसन्तपुरमा प्रदर्शन गर्न लागिएको हो ।

‘अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ’ मिश्रले भने

राप्रपाले सरकारी वेतनधारीको भातृ संगठन नबनाउने निर्णय गरेको छ। एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुण्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन।सरकारी वेतनधारीको भातृ संगठन जघन्य अपराध हो। मिश्रले ट्वीटरमा भनेका छन् ।

पछिल्लो समय देशका ठुला नेता तथा कर्मचारी नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको तथ्य सार्वजनिक भएपछि राप्रपा निरन्तर खवरदारीमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot