Logo

अझै सुरु भएन प्रतिनिधि सभा बैठक



काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । आज ११ बजे बस्ने भनिएको बैठक २ घण्टा वित्नैलाग्दासमेत सुरु भएको छैन । यो प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक हो ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्