Logo

भारत सरकारको अनुदानमा सञ्चालन हुने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं, ४ जेठ । भारत सरकारअन्तर्गत नेपालमा निर्माण हुने दुई परियोजनामा हस्ताक्षर भएको छ।

भारत सरकारको अनुदान सहयोगमा हुने स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बुधबार एक समझदारीपत्रमा हस्ताक्षर भएको हो।

रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा यी दुई परियोजना लागू हुने बताइएको छ। यो परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ।

परियोजनाको कूल अनुमानित लागत ८.०३३ करोड नेपाली रुपैयाँ रहेको उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्