Logo

ओलीको शरणार्थी प्रकरण विशेष सम्बोधन स्थगित्



काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रहेकाले सहमतिकै आधारमा ओलीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

‘आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर रहेको छ संसद्मा । प्रधानमन्त्रीले सम्बोधन गर्ने दिनमा अन्य कार्यक्र नराख्ने भन्ने सहमति बनेको छ । अहिलेको समसामयिक राजनीतिक घटना र भ्रष्टाचारको विषयमा बोल्ने तयारी थियो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक गिरीले भने ।

एमाले अध्यक्ष ओलीले गत वैशाख २८ गतेको पार्टीको बैठकमा प्रतिनिधि सभामा नक्कली भुटानी शरणार्थी प्रकरणका थप तथ्य प्रस्तुत गर्ने बताएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्