Logo

प्रधानमन्त्रीलाई कांग्रेस सांसद न्यौपानको प्रश्न, ‘सरकारी स्कुल सुधारको नीति के छ ?’



काठमाडौं, ४ जेठ । प्रतिनिधि सभा बैठकमा आज (बिहीबार) प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ । प्रतिनिधि सभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्को रोस्टममा पुगिसकेका छन् । यसैबीच प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले ‘सरकारी विद्यालय सुधार गर्ने सरकारको के नीति छ ?’ भनि प्रश्न गरेकी छन् ।

‘सरकारी स्कूलबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिँदैन भन्ने विद्यामान परिस्थिति र मानसिकताका कारण दिनभरी काम गरेर हातमुख जोड्न धौधौ पर्ने अभिभावक पनि सकिनसकी बच्चाको भविष्यका लागि प्राइभेट स्कूलमा भर्ना गर्न बाध्य छन् । नेपालको डिग्री थन्काएर रोजगारीका लागि ५० डिग्रीको तापक्रम भएको खाँडी मुलुकमा जान बाध्य छन् युवाहरु । सरकारी स्कूल सुधार गर्ने र देशमा नै युवाहरुलाई रोजगारी सिर्जना गर्ने सरकारको के नीति छ ?’– उनले प्रधानमन्त्रीसँग प्रश्न गरिन् ।



प्रतिक्रिया दिनुहोस्