Logo

शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधि सभामा कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले ‘सरकारी विद्यालय सुधार गर्ने सरकारको के नीति छ ?’ भनि गरेको प्रश्नको उत्तर दिँदै उनले गुणस्तरीय शिक्षा प्रदान गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

‘सबै सरकारी विद्यायलमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ । विद्यालयको संरचनागत र भौतिक सुधारहरुमा जोड दिइएको छ । शिक्षकको क्षमता विकास कार्यक्रमहरु सञ्चालनमा रहेका छन्,’– प्रधानमन्त्री प्रचण्डले भने ।

स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मूलाङ्कन गरिँदै आएकोसमेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्