Logo

संसद्मा ठट्टाः ‘प्रधानमन्त्रीज्यू ह्याण्डसम देखिनु भएको छ,’ प्रचण्डको जवाफ, ‘तपाईँको आँखालाई धन्यवाद’



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई व्याङ्ग्य गर्दै खाइलाग्दो देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनता पनि प्रधानमन्त्रीजस्तै खाइलाग्दो देखिन आवश्यक रहेको बताए ।

‘आज धेरै दिनपछि देखेर होला, प्रधानमन्त्रीज्यू मेरो आँखालाई भ्रम परेको त होइन होला, प्रधानमन्त्रीज्यू पहिलेको भन्दा ह्याण्डसम देखिनु भएको छ । दौरासुरुवाल लाएर आउनु भएको छ, खाइलाग्दो पनि देखिनु भएको छ । कामना छ प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनु भएको छ । नेपाली जनता पनि त्यस्तै खाइलाग्दा देखिउन्’– एमाले सांसद पन्तले भने ।

उनको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राम्रो देख्नु भएछ तपाईँको आँखालाई धन्यवाद भनी जवाफ दिए । ‘माननीय सदस्यले मेरो अलिधेरै नै प्रशंसा भनौं कि व्यङ्ग्य के भन्ने हो ? त्यसको लागि धन्यवाद । म धेरै खाइलाग्दो भएको छु जस्तो लागेको छैन । मेरो तौल चाहिँ घटिराखेको छ । तपाईले राम्रो देख्नु भएछ, तपाईँको आँखालाई धन्यवाद !’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्