काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश अध्ययनका क्रममा नौं महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा सांसद् ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले विदेश अध्ययनका क्रममा आर्थिक वर्ष २०७९/०८० नौं महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका हुन्।
सांसद् न्यौपानेको प्रश्नको जवाफ दिने प्रधानमन्त्री दाहालले भने,‘सरकारी र सार्वजनिक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। सरकारी शिक्षालाई गुणस्तरीय बनाउन प्रतिबद्ध भई काम भइरहेका छन्। सबै सरकारी विद्यालयमा गुणस्तर र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारी दिन नीति परिवर्तन गर्ने योजना बनाइएको छ।’