Logo

ईशानाथ नगरपालिका– ७ मा तत्काल उपनिर्वाचन गराउन नेकपा (एस) का नेता आलमको माग



काठमाडौं, ४ जेठ । नेकपा (एकीकृत समाजवादी) का युवा नेता सदरे आलमले रौतहट जिल्लाको ईशानाथ नगरपालिका वडा नम्बर–७ मा तत्काल उपनिर्वाचन गराउन सरकारसमक्ष माग गरेका छन् ।

उक्त वडाका वडा अध्यक्ष शेख खलीउल्लाहको निधन भएपछि कार्यवहाक वडा अध्यक्षले जनताका काम प्रभावकारी ढंगले सम्पादन गर्न नसकेको भन्दै उनले उप निर्वाचनको माग गरेका हुन् ।

‘वडा अध्यक्षज्यूको निधनपछि कार्यवहाक पाउनु भएकाले जनताको भावना अनुसार काम गर्न सक्नु भएको छैन । जनता स्थानीय तहबाट पाउने सेवा सुविधा उपभोग गर्न बञ्चित छन् । म निर्वाचन आयोग, नेपाल सरकार लगायत सम्बन्धित सरोकारवाला निकायलाई उक्त वडामा तत्काल उपनिर्वाचन गराई जनप्रतिनिधिविहीन हुनबाट जोगाउन आग्रह गर्दछु,’– उनले भने ।

ईशानाथ नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शेख खलीउल्लाहको निधन २०७९ चैत्र २६ गते भएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०७ मा वडा अध्यक्षको उपनिर्वाचन सम्बन्धी व्यवस्था गरिएको छ ।

वडा अध्यक्षको पदावधि एक वर्ष बढी बाँकी रहेको अवस्थामा कुनै कारणले रिक्त रहन गएमा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा रिक्त पदको पदपूर्ति गरिने छ,’– स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०७ मा भनिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्