Logo

रेशम चौधरीको विषयमा निकै गम्भीर छौंः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरीको विषयमा आफूहरु निकै गम्भीर रहेको बताएका छन् । प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफूहरुले यस अघि पनि अध्यादेश ल्याएर रेशमलाई छुटाउने प्रयास गरेको स्मरण गराए ।

‘रेशम चौधरीको विषयमा हामीले यस अगाडि पनि अध्यादेश ल्याएर भएपनि उहाँलाई छुटाउने प्रयास गरेकै हो । अदातलबाट जे फैसला भएपनि छिटो फैसला होस् भन्नका निम्ति हामीले सबैतिरबाट आवाज उठाएकै हो । अहिले टुंगिएको छ । यो विषयलाई समाधान गर्ने विषयमा हामी निकै गम्भीर छौं । हामी छिट्टै निष्कर्षमा पुग्ने छौं,’– प्रधानमन्त्री प्रचण्डले भने ।

 



प्रतिक्रिया दिनुहोस्