काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का महामन्त्री धवलशमशेर राणाले भारतीय जनता पार्टी(भाजपा)बाट एक रुपैयाँ नलिएको दाबी गरेका छन्। नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम ‘नेपाली बहस’ का लागि बिहिबार बिहान पत्रकार ऋषि धमलासँग संवाद गर्दै महामन्त्री राणाले भाजपासँग पैसा नलिएको दाबी गरेका हुन्। प्रस्तुत छ, अन्तर्वाताको संम्पादीत अंशः
-तपाईंहरु यसपटक मौन हुनुहुन्छ। भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनेर जनमतबढि रहदाँ राष्ट्रिय प्रजातन्त्र पार्टी किन चुप लागेर बस्यो?
चुप लागेका छैनौं। हामी आज ४ गते बसन्तपुरमा भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्छ भनेर सचेत गराउने क्रममा राप्रपाले आमसभा गरिरहेको छ।
-आमसभा गर्नुहोस तर तपाईंका पार्टीका नेताहरु अथवा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भनेको ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत पिउनु सरह हो’ तर, तपाईंले गरेका काम जनताले विश्वास गरेनन्। बोलेर मात्र भएन एक्सनमा जानुपर्यो?
हाम्रो भातृ संगठनले आन्दोलन गर्यो। देशव्यापीरुपमा प्रधानमन्त्रीलगायत ७७ वटा जिल्ल्लाका सिडिओ कार्यालयमा ज्ञापनपत्र बुझायौं। हामी आमसभा गरिरहेका छौं। आज भृकुटीमण्डपमा राप्रपाको भ्रष्टाचारविरुद्ध ठूलो आमसभा छ। आमसभा होला। सरकारले खुट्टा नकमाओस् सरकारले गम्भिर भएर भ्रष्टाचारलाई कारबाही गरोस् भनेर हामीले बारम्बार भनेका छौं नि। होईन?
एउटा राजनीतिक पार्टीले गर्ने काम बोल्न पाउनुपर्छ भनेर सडक र सदन दुईओटै काममा राप्रपाले भ्रष्टाचार विरूद्धमा बोली रहेको छ। जनतालाई सचेत गराएको छ, यो भन्दा अरु के गर्न सकिन्छ।
-तपाईंहरुले जनमत बढाउनुपर्यो। जनताको पक्षमा जानुपर्यो। तपाईंको पार्टीभित्र पनि कोही भ्रष्टाचारी छन् भने निकाल्नुपर्यो?
हाम्रो पार्टीभित्र कोही भ्रष्टाचारी सावित हुन्छ भने तुरुन्त निकाल्छौं। जनमत बढाउने भनेको सदन र सडक दुबैमा हामी सक्रिय छौं। हामी स्वयं सचेत छौं र सचेत गराई रहेकाछौं। हामी अगाडि बढिरहेका छौं। ज्ञापनपत्रबाट लिएर प्रधानमन्त्री, हाउस, सडक, आमसभादेखि लिएर सबै गर्दैछौं। योभन्दा बढी अरु के गर्न सकिन्छ? हजुरबाट सुझाव आओस् हामी गर्छौ।
-दोषी जोसुकै होस्, तपाईंहरुले उम्काउनु हुँदैन। कारबाही गर्नुपर्छ भन्ने पक्षमा जानुपर्यो।
दोषी उम्किन दिनु हुँदैन भनेर भनिरहेका छौं।
-हात्ति आयो, हात्ति आयो फुस्स् नहोस्।
हामी त्यसैको लागि हात्ति आयो, हात्ति आयो भनेर फुस्स नहोस् भनेर सरकार र जनतालाई सचेत गराउने क्रममा निरन्तर अगाडि बढिरहेका छौं।
-तपाईंहरुले सडक आन्दोलन गरिरहँदा सडक आन्दोलनबाट समस्या सामाधान हुन्छ?
सडक आन्दोलनबाट समस्याको समाधान होइन्। भ्रष्टाचारको कुरा गर्दा आन्दोलनमार्फत सरकारलाई दवाब दिएको हो। तपाईंले भने जस्तै हात्ति आयो हात्ति आयो फुस्स गयो भन्न पाईदैन। निलम्बित गर्न पाईंदैन। भ्रष्टाचार गरेकालाई जेल हाल्नुपर्छ भन्ने कुराको दबावको लागि हामीले यो आन्दोलन गरेको हो।
-देशको अवस्था हेर्दा अर्थतन्त्र अत्यन्तै नाजुक छ। नेपाल भ्रष्टाचारीहरुको अखडा बन्दै छ। जनताका धेरै प्रश्नहरु छन्। जनताको प्रश्नको उत्तर प्रधानमन्त्रीले संसद्बाट दिँदै हुनुहुन्छ। तपाईंले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्दै हुनुहुन्छ? तपाईंको पार्टीले गर्दैन?
म र मेरो पार्टीले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्दैछ। जहाँसम्म मैले थाँहा पाएको छु। क्यान्टेनमेन्टमा भएको भ्रष्टाचारको वाइडबडीमा भएको भ्रष्टाचार छ त्यो निकालेर छानबिन समिति बनाउनुपर्यो। प्रधानमन्त्रीसँग हाम्रो माग रहेको छ।
-वाइडबडीको कुरा आएको छ। धेरै काण्डैकाण्डको कुरा आएको छ। लडाकु शिविरमा भएको भ्रष्टाचारीलाई पनि कारबाही गर्नुपर्यो। त्यहाँ भएको भ्रष्टाचार वास्तविकता के हो भन्ने छानविन गर्नुपर्यो होईन? तपाईंलाई के लाग्छ लडाकु शिविरमा भ्रष्टाचार भएको हो त?
अर्बौ रुपैयाँ भ्रष्टाचार भएको छ।
-तपाईहरुसँग प्रमाणहरु छ ?
प्रमाणहरु भन्दापनि सबैको अगाडि प्रष्ट नै छ, कति जना शिविरमा थिए? कतिको पैँसा गयो त्यो पैसा कहाँ गयो? त्यसको न कुनै लेखाजोखा छ। नक्कली मान्छे। मान्छेको संख्या नै नपुगेको मान्छेहरुलाई पैसा गएको छ। त्यो विषयमा छानविन हुनुपर्यो।
-त्यसो भए धवलशमशेरजी नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर त्यसको पक्षमा बोल्न भनेर नेताहरुलाई भारतीय जनता पार्टीले पैसा दिएको छ रे ! अमेरिकन प्रतिवेदन बाहिर आईसक्यो। तपाईं के भन्नुहुन्छ?
त्यो विषयमा मलाई थाहा छैन। म त्यस्तो होईन। पार्टीको पनि जिम्मेवार व्यक्ति हो। यस विषयबारे मलाई जानकारी छैन।
-अमेरीकी प्रतिवेदनको दावी छ, अमेरीकाको विदेशमन्त्री इन्टोनीले प्रष्टरुपमा भन्नुभएको छ। क–कसको लिए पैसा?
हामी कहाँ आइपुगेको छैन। यस विषयमा मलाई सत्य थाँहा छैन। नभएको कुरालाई मैले के भन्ने हो? भन्नुभएन।
-तर, बाहिर आयो। नेपालका प्रभावशाली नेताहरुले भारतीय जनता पार्टीसँग पैसा लिएको कुरा।
यस्तो हावादारी कुराहरु गरेर केही अर्थ छैन। त्यो पैसा लिएको भए हामीले थाहा पाउथ्यौं। हामीसँगै केही जानकारी सूचना त्यस्तो केही छैन।
-अमेरीकाले कसरी प्रतिवेदनमा उल्लेख गर्यो त?
उहाँलाई नै सोध्नुस। मलाई यसबारे केही पनि थाहा छैन।
-त्यसोभए भारतीय जनता पार्टीसँग तपाईंहरुले एक रुपैयाँ पनि लिनु भएको छैन?
एक रुपैयाँ लिएको मलाई थाहा छैन।
-तपाईंका पार्टीका नेताले ल्याएका छन्?
मैले एक रुपैयाँ लिएको थाहा पाएको छैन।
-तपाईंहरु हिन्दु राष्ट्रको पक्षमा हुनुहुन्छ। भारतको सहयोग र समर्थन छ की छैन तपाईंलाई?
भारतको सहयोग समर्थन हुनुपर्छ। केही भारतको सहयोग र समर्थन छ। त्यो अत्यन्तै राम्रो कुरा हो। नेपालमा हिन्दु राष्ट्र पुर्नस्थापना गर्नका लागि भारतका सम्पूर्ण हिन्दु पार्टीहरुको सर्मथन चाहिन्छ। साथ र समर्थन पाउनुपर्छ। हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।
-किन भारतको साथ चाहियो? नेपाली जनताको साथमा तपाईंहरु काम गर्न सक्नु हुँदैन?
नेपालीको साथ छँदै छ, साथ लिने हो। तर, विश्वमा एक मात्र हिन्दुराष्ट्र नेपाल जो राष्ट्रलाई पुनः हिन्दु राष्ट्र बनाउनको निम्ति या मात्र हाईन। विश्वभरिका हिन्दुहरुको हामीले साथ र समर्थन लिनको लागि आह्वान गर्नेछौं।
-आज हाम्रो देशमा भ्रष्टाचार भनेको महारोगको रुपमा आइसक्यो। भुटानी शरणार्थीको नाममा ठगी प्रकरण भयो। राज्यविरुद्धको अपराधमा मुद्धाको पनि तयारी गर्न सरकारी वकिलको निर्देशन छ। यो प्रकरणको मुद्धालाई कसरी छिनोफानो गर्नुपर्ला?
भ्रष्टाचारीहरुलाई जेल हाल्ने यो व्यबस्था नै परिर्वतन गर्ने कुरा हो। जसलाई नेपाली जनताले विश्वास गरेर जनआन्दोलनपछि देश चलाउन जिम्मा दिएका थिए। तिनी नेता उनी अगुवाहरुबाट नेपाली जनतालाई बेच्दै छ। मानव तस्करी गर्दैछ। यो भन्दा घृणित काम के होला। यो व्यवस्था यो नेता सम्पूर्णलाई परिवर्तन गर्नुपर्ने आवश्यकता नेपाली जनताको बनेको छ।
यसमा हामी नेपाली जनतालाई आह्वान गर्छो। संघियता खारज गरौं। राजासहितको प्रजातन्त्रलाई पुनः स्थापना गरौं नत्र यो देशको कल्याण छैन। यी भ्रष्ट चोर नेताहरुबाट हाम्रो देश पछाडि परेको छ।
-तपाईंले भने जस्तो जेल हाल्न गाह्रो होला। फेरि प्रमाण चाहिएला?
जेल हाले हाल्लान्। जनताले यिनीहरुलाई विस्थापित गर्छन् भन्न हाम्रो विश्वास छ। जनताले विस्थापित् गर्लान।
-तर, जनता सडकमा आएका छैनन्। तपाईंले देख्नु भएको छैन ?
जनतालाई सडकमा विस्तारै ल्याउने क्रममा हामी छौं।
-तपाईंको पार्टीले जनतालाई सडकमा ल्याउन सक्छ?
हामीले प्रयास र आह्वान गर्छौं। देश डुब्न लागिसक्यो। लुटेराहरुले लुटीसके खोक्रो बनाईसके। अहिले पनि हामीले केही गरेनौं। सचेत भएनौं भने यो देश समाप्त हुन्छ।
-अब तपाईं राजसंस्था फर्मुलामा लागेको व्यक्ति पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन लागेको व्यक्तित्व सम्भव देखिएन जनताहरु त्यतातिर आएनन् किन?
हजारौंको संख्यामा जनता उत्रेको तपाईं देख्नुहुँदैन। जनताले के भनेका छन् मिडियामा हेर्नुस्। जनता कति आक्रोसित छन्, हेर्नुस् न।
-जनताले के भन्छ। तपाईंले के पाउनु भयो?
जनताले यो व्यवस्था परिर्वतन गर्नुपर्छ। यो चोर नेताहरु हटाउनुपर्छ। जसलाई जिम्मा दियो त्यहीँ यसो गर्छन भने भन्नु के छ अब त्यहाँ।
-धवलजी पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम कार्यक्रम नहुने भयो होईन?
हाम्रो ६ गते धनगढीमा अभिनन्दन थियो। उन्मुक्ति पार्टीले ६ गते बाट १० गतेसम्म बन्द आह्वान गरेका छन्। त्यो विषय के गर्ने भनेर आज दिउँसोसम्म थाहा हुन्छ।
-तपाईंको पार्टीको बैठकको निर्णय के–के छ?
म अहिले नेपालगञ्ज आएको छु। हाम्रो नविन राप्रपा बनाउने योजना हो। एउटा आधुनिक पार्टीको रुपमा प्रस्तुती हुने हो। अबको ३ महिनामा राप्रपालाई जनताकोबीचमा नयाँ मजबुत पार्टीको रुपमा खडा गर्ने हो।