Logo

१ अर्ब माथिको कारोबार हुँदा नेप्सेमा उल्लेख्य सुधार



काठमाडौं,४ जेठ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा भारी वृद्धि भएको छ ।
बिहीवार सेयर बजार परिसूचांक नेप्से ३२.३० अंकले वृद्धि भएको हो ।

३२.३० अंकले वृद्धि भएर नेप्से आज १८७७.३२ बिन्दुमा पुगेको छ ।
नेप्सेमा उल्लेख्य मात्रामा वृद्धि भएको दिन कारोबारपनि एक अर्बभन्दा माथिको भएको छ ।

आज कूल ४४ लाख २२ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ७६ लाख बराबरमा कारोबार भएको छ ।
नयाँ वर्ष २०८० लागेपछि पहिलो पटन नेप्सेमा एक अर्ब माथिको कारोबार भएको हो ।

चैत ३० गते १ अर्ब ६५ करोडको कारोबार भएको थियो। त्यसयता दैनिक एक अर्ब भन्दा कम कारोबार हुँदै आएको थियो।
आज सबैभन्दा धेरै कमाउनेमा हिमालयन उर्जा विकास कम्पनी रहेको छ। जसको सेयर १० प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा एनआईबीएल ग्रोथ फण्ड रहेको छ, जसको बजार आज ३ दशमलव १४ प्रतिशतले गिरावट आएको हो।



प्रतिक्रिया दिनुहोस्