Logo

पाल्पाका तीन सय ५४ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण



काठमाडौं, ४ जेठ । राष्ट्रिय भूमि आयोग पाल्पाले तीन सय ५४ अव्यवस्थित तथा भूमिहीन नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । हिजो (बुधबार) रामपुर नगरपालिकाभित्रका अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जा वितरण गरिएको हो ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहीनताको अन्त्यका लागि आयोगले देशव्यापी रुपमा काम गरिरहेको बताए । पाल्पामा दोस्रो चरण जग्गाधनी पुर्जा वितरण गरिएको हो । आयोगले गत पुष ८ गते दुई सय ६२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरेको थियो । स्थानीय तहको साथ र सहयोग पाएको खण्डका अबको दुई वर्षभित्र नेपालमा भूमि सम्बन्धी समस्या समाधान भइसक्ने उपाध्यक्ष खड्काको भनाई छ ।

‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्यालाई अन्त्य गर्न, नेपाली नागरिकलाई भूमिहीन र नेपाललाई सुकुम्बासीमुक्त देश बनाउने हामी लागि परेका छौं,’– उपाध्यक्ष खड्काले भने ।

भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरैले पाल्पामा लामो समयदेखि भूमि समस्या कायम रहेको बताए । दुई चरणमा गरी हालसम्म छ सय १९ जना भूमिहीनलाई लालपूर्जा वितरण भएको बताए ।



प्रतिक्रिया दिनुहोस्