Logo

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरपछि रास्वपा सांसदको प्रतिक्रिया, ‘म्याच फिक्सिङ भएको खेल हेरेजस्तो भयो’



काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम म्याच फिक्सिङ भएको खेल हेरेजस्तो भएको टिप्पणी गरेका छन् ।

संघीय संसद् भवनबाट बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री प्रचण्डले कतिपय प्रश्नको जवाफ नै नदिएको दुःखेसो पोखे ।

‘हाम्रा माननीय शिशिर खनालले सोध्नु भएको प्रश्न थियो– चुनावको बेला प्रयोग गरिएको हेलिकोप्टरको पैसा कसले तिर्छ ? आचारसिंहिता मिचिएकोमा कसले सजाय भोग्छ ? भन्ने थियो । त्यो प्रश्नको जवाफ आएन । एक जना माननीयसँग सम्बन्धित स्कूलको कर छुट किन गरिएको भनी सोधिएको प्रश्नको जवाफ आएन । यो म्याच फिक्सिङ गरिएको खेल हेरेको जस्तो भयो,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्