Logo

प्रतिकूल स्वास्थ्यका कारण आज संसद् बैठकमा सहभागी हुन सकिनँ : अध्यक्ष ओली



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य अवस्था राम्रो नभएका कारणमा आजको संसद बैठकमा उपस्थित हुन नसकेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्था राम्रो नभएका कारणमा आजको संसद बैठकमा उपस्थित हुन नसकेको बताएका हुन्।

‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ। स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु।’



प्रतिक्रिया दिनुहोस्