Logo

जसपाले वन मन्त्रालयको नेतृत्व गर्ने, को बन्दै छ मन्त्री ?



काठमाडौं, ५ जेठ । जनता समाजवादी पार्टी (जसपा) ले वन मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । सत्ता साझेदार दलहरुबीच जसपाले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने सहमति बनेको थियो ।

सोही सहमती अनुसार जसपाले शिक्षा मन्त्रीमा अशोक राईलाई पठाइसकेको छ । वनमन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा अहिलेसम्म आधिकारिक निर्णय नभइसकेको जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेत बताउँछन् ।

‘मन्त्री छान्ने जिम्मा केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्षज्यूलाई दिएको छ । अब त्यो अधिकार उहाँमा निहित छ । संसदीय दलको नेता चयनपछि मात्रै सरकारमा मन्त्री पठाउने भन्ने कुरा पनि उठेको छ,’– बस्नेतले भने ।

जसपा विश्वनीय स्रोतका अनुसार नवल किशोर शाह सुडी र राज किशोर यादवमा एक जनालाई वन मन्त्रालयमा पठाउने तयारी भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot