Logo

राष्ट्रपति संसद् जाँदा सडक अवरुद्ध नहुनेः नयाँ बानेश्वरदेखि औपचारिक सवारी



काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल संसद् भवन जाँदा र फर्किँदा सर्वसाधरणलाई सास्ती नहुने भएको छ । राष्ट्रपति संसद् भवनमा जाँदा सवारी आजागमनमा कुनै रोक लगाइने छैन । राष्ट्रपतिको औपचारिक सवारी नयाँ बानेश्वर चोकदेखि संसद् भवनसम्म सर्भिस लेनबाटमात्रै हुने छ ।

आज (शुक्रबार) अपराह्न ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने छन् । आजको बैठकमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ ।

राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधरणले दुःख पाएको भनी यसअघि आलोचना हुने गरेको थियो । मुख्यतः निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सावारीका कारण धेरै ओलोचना खेप्नुपरेको थियो । गत चैत ७ गते घोडेजात्राको क्रममा पनि विना तामझाम पुगेका राष्ट्रपति पौडेलको सादगीपनालाई सर्वसाधरणले प्रशंसा गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्