Logo

सुदूरपश्चिम सरकारमा रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने नाउपाको निर्णय



काठमाडौं,५ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरेको हो ।

रामेश्वर र लक्ष्मण किशोरलाई मन्त्री बनाउनका लागि नाउपाले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ । यसअघि दलको नेतामा रामेश्वर र प्रमुख सचेतकमा लक्ष्मण किशोर रहेका थिए । प्रमुख सचेतकको जिम्मेवारी हाल खुसीराम चौधरीले पाएका छन् ।

दुईजनालाई मन्त्रीमा पठाउने नाउपाले निर्णय गरेसँगै गठनको तीन महिनापछि सुदूर सरकारले आज पूर्णता पाउने भएको छ ।
यद्यपी दलहरुबीच मन्त्रीबन्ने संख्याको विषयमा भागवन्डा टुंगिएपनि कुन दलले कुन मन्त्रालय पाउने भन्ने अझै सहमती भईसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्