काठमाडौं, ५ जेठ । सरकारले देशको अर्थतन्त्र क्रमिकरूपमा सुधार भइरहेको बताएको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।
उनले भने, ‘पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुँदै आएको छ । हाल बैंकको ब्याजदर तुलनात्मक सुधार हुँदै गएको छ। अन्तर्राष्ट्रिय स्तरमा नै अहिले अर्थतन्त्र चापमा छ । तर, अहिले क्रमिक सुधार हुँदै गएको छ।’