Logo

‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरिने’



काठमाडौं, ५ वैशाख । सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने भएको छ । सरकारका नीति तथा कार्यक्रममा कृषि, प्राकृतिक स्रोत र उच्च प्रविधिमा आधारित उद्योगको विकासका लागि औद्योगिक वातारवणको निर्माण गरिने उल्लेख छ ।

‘हाम्रो उत्पादन हाम्रो स्वाभिमान अभियान अन्तर्गत स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरिनेछ । कृषि, प्रकृति, स्रोत र उच्च प्रविधिमा आधारित उद्योगको विकास गर्ने औद्योगिक वातावरणको निर्माण गरिने छ । लागनीयोग्य पुँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गरिनेछ,’– सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

स्वरोजगारीका लागि सीप, पुँजी र व्यवसायिक तालिमको व्यवस्था गरिनेसमेत बताइएको छ । सुरुवाती व्यवसायका लागि आवश्यक पर्ने विउ र पुँजी सहुलियत व्याजदरमा उपलब्ध गराइनेसमेत उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्