काठमाडौं,५ जेठ । सरकारले अनावश्यक संघ संस्था र कार्यालय खारेज गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८० ८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने बताएका हुन् ।