काठमाडौं,५ जेठ । सरकारले गरिब घरपरिवार पहिचान र गरिब परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८० ८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने बताएका हुन् ।
उनले गरिब घर परिचयपत्रलाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रूपान्तरण गरिने पनि सरकारको कार्यक्रममा समेटिएको छ ।