Logo

संसद् बैठकमा देखिईन् मञ्जु खाँण



काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण प्रतिनिधि सभाको बैठकमा सहभागी भएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडिएपछि उनी केही समयदेखि सम्पर्कमा थिइनन् ।

विभिन्न सञ्चार माध्यमहरुले उनी नेपाल छाडेर भागेको भन्ने समाचारसमेत प्रकाशित गरेका थिए । रिपोर्टर्स नेपालले केही दिन अघि मञ्जु नेपालमै रहेको बारे समाचार प्रकाशन गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मञ्जुका श्रीमान बालकृष्ण खाँण प्रहरी हिरासतमा छन् । बालकृष्ण पूर्वगृहमन्त्री हुन् ।



प्रतिक्रिया दिनुहोस्