Logo

नीति तथा कार्यक्रमबारे रास्वपाको प्रतिक्रिया : आजको आर्थिक जटिलतालाई सम्बोधन गर्न सक्दैन



काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसद्‍मा प्रस्तुत भएको नीति तथा कार्यक्रमले आजको आर्थिक जटिलतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेको छ।

सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुतपछि संसद् भवन बाहिर प्रतिक्रिया दिँदै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले यो नीति तथा कार्यक्रमले आजको आर्थिक जटिलतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेको हुन्।

उनले भने, ‘यसबारे सदनमा छलफल त हुने नै छ। यो नीति तथा कार्यक्रम आज हामी जुन आर्थिक अवस्थामा छौं। त्यसलाई ठोस रुपमा सम्बोधन गर्नेगरी आएको छैन। यसमा सैद्धान्तिक छलफल गर्न आवश्यक छ। यसले आजको आर्थिक जटिलतालाई सम्बोधन गर्न सक्दैन।’



प्रतिक्रिया दिनुहोस्