
काठमाडौं, ६ जेठ । सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले दुई वटा मन्त्री र एक राज्यमन्त्री पठाउने सहमति भएको छ ।
सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्या चौधरीकाअनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा नाउपाको दाबी छ ।
‘हामीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने सहमति बनेको छ । रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीको नाम टुङ्गो लागेको छ । राज्यमन्त्रीको नाम टुङ्गो लागेको छैन । हाम्रो दाबी कृषि र सामाजिक हो । मन्त्रालयको बारेमा चाहिँ हामी छलफलमै छौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै उनले भने ।