Logo

एमालेमा फर्किँदै नेकपा (एस) का केन्द्रीय सचिव



काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासी नेकपा (एमाले) मै फर्किने भएका छन् । दाङमा आज (शनिबार) हुने पार्टी प्रवेश कार्यक्रममा उनी एमालेमा प्रवेश गर्न लागेका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नका लागि एमाले महासचिव शंकर पोखरेल दाङ पुगिसकेका छन् ।

‘विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । त्यसमा पनि खास गरी एकीकृत समजवादीका केन्द्रीय पदाधिकारी र जिल्ला पदाधिकारी हुनुहुन्छ । नेकपा (एस) का केन्द्रीय सचिव भागवत विश्वासी पनि एमालेमै फर्कदै हुनुहुन्छ । उहाँहरुको स्वागतका लागि पार्टी महासचिव आउनु भएको छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै एमाले दाङका नेता हुकुमबहादुर बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्