Logo

दाङमा एकीकृत समाजवादीलाई धक्का



काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) लाई दाङमा ठूलो धक्का लाग्ने भएको छ । आज (शनिबार) नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एस) का केन्द्रीय सचिवदेखि दाङ जिल्ला कमिटी सदस्यसमेत पार्टी प्रवेश गर्दै छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नका लागि एमाले महासचिव शंकर पोखरेल दाङ पुगिसकेका छन् ।

‘विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु प्रवेश गर्दैछन् । त्यसमा पनि खास गरि एकीकृत समाजवादीका केन्द्रीय पदाधिकारी र जिल्ला पदाधिकारीहरु हुनुहुन्छ । पार्टी केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय कमिटी सदस्य एवं पूर्व संविधान सभा सदस्य शारदा स्वर्णाकार, जिल्ला अध्यक्ष चुँडामणी बेलबासे लगायत नेकपा (एस) का पाँच सय भन्दा बढि नेता तथा कार्यकता एमालेमा प्रवेश गर्दै हुनुहुन्छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै एमाले दाङका नेता हुकुमबहादुर बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्