Logo

पार्टीभित्र भ्रष्ट पालेर नाक देखाएर हिँड्न सक्दिनँ : रवि लामिछाने



काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले पार्टीभित्र भ्रष्ट पाल्न नसकिने बताएका छन् । आज (शनिबार) काभ्रेपलाञ्चकको मण्डणदेउपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सुद्धीकरणको अभियान स्वरुप आफूहरुले पार्टीभित्रका आरोपीहरुलाई निलम्बन गरेको बताए ।

‘पार्टीभित्र भ्रष्ट पालेर म चाहिँ नाक देखाएर हिँड्न सक्दिन । नेपाली जनताले हामीलाई त्यसै भोट हालेका होइनन्, उनीहरुले भोट हाल्ने ठाउ नपाएर होइन । पार्टीभित्र कसैले बाटो बिरायो भने त्यसलाई मूलबाटोबाट बाहिर फाल्ने विधि पार्टीले बनाएको छ । हामी प्रतिबद्ध छौं, भ्रष्टाचारीले पार्टीमा स्थान पाउने छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्