Logo

सुदूरपश्चिम सरकार विस्तार : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ



काठमाडौं, ६ जेठ । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।

उनले कांग्रेसबाट पृथ्वीबहादुर सिंह, माओवादी केन्द्रबाट झपटबहादुर साउद र रमेश धामीलाई मन्त्री नियुक्त गरेका छन्। यस्तै, राज्यमन्त्रीमा माओवादी केन्द्रकै गितादेवी माललाई नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीहरुलाई आजै प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका छन्। सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, साउदले सामाजिक विकास मन्त्रालय र धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, मालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आइतबारदेखि कार्यभार सम्हाल्ने छन्।



प्रतिक्रिया दिनुहोस्