Logo

सुदूरपश्चिम : एमालेको अवरोधले प्रदेश सभा बैठक स्थगित्



काठमाडौं, ६ जेठ । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित् भएको छ।

प्रदेशसभा बैठकमा नेकपा (एमाले)ले अवरोध गरेपछि प्रदेश सभाको बैठक स्थगित् भएको हो।

विशेष समय र शून्य समय टुङ्गो नलगाएसम्म एमालेले बैठक अघि नबढ्न दिने भन्दै रोष्टम अगाडि घेराउ गरेपछि बैठक स्थगित् भएको हो।

बैठकमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई विशेष समयमा बोल्न सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि एमालेले अवरोध गरेको हो।

एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले कार्यसूचिमा भएको भन्दा फरक ढंगले सभा अघि बढाएकोप्रति आपत्ति जनाउँदै बैठक अघि बढ्न नदिने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्