Logo

धरानका मेयर हर्कसँग डराए एमाले उपमहासचिव रिमाल !



काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ्गको स्टाट्ससँग डराएका छन्।

उपमहासचिव रिमालले मेयर साम्पाङ्गलक्षित गरेको टिप्पणीमा साम्पाङ्गले दुई स्टाट्स लेखेपछि उनले आफ्नो अभिव्यक्ति सच्याएका छन्।

रिमालले आइतबार भर्खरै फेसबुकमा स्टाट्स लेख्दै मेयर साम्पाङ्गको समर्थनमै आफ्नो पुरानो अभिव्यक्ति भएको उल्लेख गरे।

उनले लेखेका छन् :

हो, अब हामी “बहुलाउनै” पर्छ!
०७२ सालमा संबिधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौं ।

त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्‍यो ।

०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौं ।

आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी … हामीले “बहुलाएरै” नक्सामा सामेल गर्‍यौं । सिंगो मुलुक एक ठाउँमा उभियो ।

अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने … धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!

म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ ।

हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !

फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु ।

म ति आलोचना स्वीकार्छु, धन्यवाद!



प्रतिक्रिया दिनुहोस्