Logo

संसद्मा बास्कोटाको प्रश्न‘यानप्रसाद गौतम र राजु भुजेल सहिद हुन कि गद्दार’?



काठमाडौं,७ जेठ । नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारले सार्वजनिक गरेको सहिदको सूचीप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले प्रकाशित गरेको उक्त सूची कुन आधारमा निकालिएको हो भन्दै सरकारसँग प्रश्न गरे ।

उनले भने ‘सरकारले भण्डै ६-७ हजार व्यक्तिलाई सहिद घोषणा गरेको सूची निकाल्यो । मेरो जिल्लाका पूर्व माओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्दार ? राजु भुजेल सहिद हो कि गद्दार ? जवाफ चाहियो । उनिहरुको न राज्य जिम्मा लिन्छ, नत तत्कालिन बिद्रोही, यो सूची कसरी निकालियो सरकारसँग मेरो प्रश्न छ ’।



प्रतिक्रिया दिनुहोस्