Logo

बाँदर आतंक तत्काल नियन्त्रण गर्न कांग्रेस सांसद थापाको माग



काठमाडौं,७ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न विषयले प्रवेश पाएको छ ।

सांसदहरुले जनताका विभिन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनेक्रममा नेपाली कांग्रेसकी सांसद् कुसुमदेवी थापा बुढामगरले बाँदर आतंक नियन्त्रण गर्न माग गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले तराई मधेसका किसानहरु मल र विउबिजनको पिडाले ग्रसित भइरहँदा पहाडीक्षेत्रका ३८ जिल्लामा बाँदरको निक्कै ठुलो आतंक फैलिएको उल्लेख गर्दै यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै उचित व्यवस्था गरेर तत्काल नियन्त्रण गर्न माग गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्