Logo

‘सरकारले आफ्नै नीतिको लाज राखोस्’: गगन थापा



काठमाडौं,७ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्युतिय सवारी यात्रीको दर्ता प्रक्रियामा आएको समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदसमेत रहेका थापाले सरकारले गरेका गल्तीको भारी असल नियतका साथ काम गरिरहेका उद्यमीहरुले नबोक्ने स्पष्ट पारे ।

उनले भने ‘विद्युतिय सवारी बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको कार्यविधि संशोधन भयो । यात्रीले दर्ता पायो सरकारको तारिफपनि भयो । अहिले आएर फेरी दर्ता प्रक्रियामा समस्या देखिएको छ । सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिबाना लाग्छ । पहिले कानून थिएन् दर्ता भएन अहिले कानुन बन्यो दर्ता ढिलो भयो र अहिले कानुन बनाउने निकाय के भन्छ भने,दर्तागर्न ढिलो किन गरिस अब जरिबाना तिर्नुपर्छ ’।

सरकारले गरेका सबै गल्ती नागरिकले नबोक्ने भन्दै थापाले सरकारलाई आफ्नै नीतिको लाज राख्न सुझाव दिए ।

‘सरकारको कम्जोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? फेरी यो उदेश्य उद्यमीसँग मात्रपनि सम्बन्धित छैन् स्वदेशी उत्पादन नै किन्छु भन्ने उपभोक्तासँग पनि सम्बन्धित छ । स्वदेशी उत्पादनको उपभोग बढाउँछु भन्ने सरकार असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन् नदिओस । सरकारले आफ्नै नीतिको लाज राखोस्’ । थापाले भने



प्रतिक्रिया दिनुहोस्