काठमाडौं,७ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । आज उनले नेपाली कांग्रेसबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेका हुन् ।
आज नियुक्त हुनेहरुमा नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीबाट डा। राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ आजै दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालमा हुनेछ ।