Logo

यी हुन् नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने २० सांसद्



काठमाडौं,७ जेठ । सरकारले गत शुक्रबार संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममाथि २० जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरुमा २० जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका सभामुख देवराज घिमिरेले संसद्मा जानकारी गराएका हुन् ।

यी हुन् संशोधन प्रस्ताव दर्ता गर्ने सांसद्हरु

नीति तथा कार्यक्रममा सबैभन्दा धेरै नेकपा एमालेका सांसदले संशोधन हालेका छन् एमालेबाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संसोधन प्रस्ताव दर्ता गर्दा लोसपाका रामप्रकाश चौधरी,राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी,नागरिक उन्मुक्तिका गंगाराम चौधरी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्