Logo

नीति तथा कार्यक्रममाथि एमालेका ११ सांसदको संशोधन प्रस्ताव दर्ता



काठमाडौं,७ जेठ । सरकारले गत शुक्रबार संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममाथि संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ११ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरुमा नेकपा एमालेका ११ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका सभामुख देवराज घिमिरेले संसद्मा जानकारी गराएका हुन् ।

यी हुन् संशोधन प्रस्ताव दर्ता गर्ने एमालेका ११ सांसदहरु

एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकाल ।



प्रतिक्रिया दिनुहोस्