Logo

नीति तथा कार्यक्रममाथि सत्तापक्षका दुई सांसदले गरे संशोधन प्रस्ताव दर्ता



काठमाडौं,७ जेठ । सरकारले गत शुक्रबार संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नीति तथा कार्यक्रममाथि कांग्रेस सांसदद्धय श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडूले संशोधन दर्ता गरेका हुन् ।
संशोधन प्रस्ताव दर्ता गर्दै कांग्रेस सांसद बडूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अझ सार्थक बनाउनका लागि आफूले संशोधन प्रस्ताव राखेको बताए । उनले नीति तथा कार्यक्रमको बुँदा नम्बर २८ मा संशोधन प्रस्ताव राखेको बताउँदै सो बुँदामा राष्ट्रिय गौरवका विषयको प्राथमिकीकरणको विषय रहेको बताए ।

त्यस्तै अर्का सांसद श्यामकुमार घिमिरेले नीति तथा कार्यक्रमको बुँदा नम्बर २७ माथि संशोधन प्रस्ताव दर्ता गराएको बताएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्